arrow

पन्चानब्बे वर्षीया वृद्धाको कमालको ड्राइभिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
95-years-driving.JPG

काठमाडौं । एक ९५ वर्षीया वृद्धाले कौशलपूर्वक कार चलाएर सबैलाई चकित पारेकी छिन् । भारतको मध्यप्रदेशस्थित देवास जिल्लाको बिलावली गाउँकी रेशम बाईले कार चलाएर सबैलाई चकित पारेकी हुन् । उनले तीव्र गतिमा कार दौडाउन थालेकी छिन् । 

आफ्नी नातिनीले कार चलाएको देखेपछि आफूले पनि कार चलाउन इच्छित उनले तीन महिना कार चलाउन सिकिन् अनि कार चलाउन थालेकी हुन् । 

अचम्म त के भने उनले १० वर्षअघि ट्रयाक्टर पनि चलाएकी थिइन् । ९५ वर्षको उमेरमा समेत आफ्नो काम आफै गर्ने बाईले कारको लाइसेन्स लिनका लागि आवेदनसमेत दिएकी छिन् । 

उनले बिहान उठेर तयार भई पूजापाठ आफै गर्छिन् । मन्दिर गएर अनि खेतमा पनि जाने गर्छिन् । उनी एन्ड्रोइड फोन चलाउँछिन् । 

उनका छोराले आमालाई कार नचलाउन भने पनि उनले मानिनन् । अनि उनका कान्छा छोरा सुरेशले कार चलाउन सिकाए । 

उनका आफन्तका अनुसार उनले परिवारलाई आफ्नो रुची पूरा गर्नका लागि उमेरले छेक्दैन भन्ने प्रेरणा दिएकी छिन् । एक आफन्तले लेखेका छन्, ‘उमेर चाहे जति नै किन नहोस् जीवन जीउने जोश हुनु जरुरी छ ।’

उनकै प्रेरणाले परिवारका सबैले कार चलाउन सिकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ