arrow

आयोग खारेज गरेर ‘बुर्जुवा सरकार’ले किसानहरुलाई दरिद्रतातर्फ धकेल्यो : बादल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
badal.jpg

चितवन । अखिल नेपाल किसान महासंघको संयुक्त राष्ट्रिय भेला शुक्रबारबाट चितवनमा शुरु भएको छ । सो भेलालाई नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले भरतपुरमा उद्घघाटन गरे । उनले किसानको बिकास र समृद्धिले मात्र देश बिकास सम्भव हुने बताए ।

कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई ब्यबस्थित गर्नुपर्ने आजको आवश्यक्ता रहेको बताए । भुमिहिन किसानको समस्या समाधान गर्न गठन गरिएको भुमि समस्या समाधान आयोग खारेज गरेर यो बुर्जुवा सरकारले किसानहरुलाई दरिद्रतातर्फ धकेलेको आरोप लगाए ।

अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ चितवनका ईन्चार्ज शम्भु सुबेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अबसरमा नेकपा एमाले चितवनका अध्यक्ष पार्बती रावल, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, बागमती प्रदेशका पुर्व कृषि मन्त्री दावाद्वोर्जे लामा लगायतले आआफ्नो भनाई राखेका थिए ।

विषयगत उत्पादक, सामुदायिक र बर्गिय किसानका २२ संगठनका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको छ । भोलिसम्म जारी रहने सो संयुक्त राष्ट्रिय भेलामा किसानका सबै प्रदेश कमिटी र ७७ जिल्लाका ३०० भन्दा बढी किसान प्रतिनिधिको सहभागीता रहेको अखिल नेपाल किसान महासंघ चितवनका सचिव सिपी अधिकारीले जानकारी दिए ।

भेलामा २२ विषयगत संघको समुहगत छलफल हुनेछ भने कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकिकरणका सन्दर्भमा राष्ट्रिय भेलामा छलफल हुनेछ । भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढंगले उठानगरि  अगाडी लगिने अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए । राष्ट्रिय भेला पश्चात किसान महासंघले भोलि शनिबार चितवन घोषणा पत्र जारी गर्ने समेत जनाईएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ