arrow

देउवाको सन्देश: 'जनताको मन जित्नेगरी पालिकाहरुमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
deuba-pm-parliament-house.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाले कार्यकर्ताहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

शनिबारबाट शुरु भएको कांग्रेसको पालिका अधिवेशनका अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आग्रह पनि गरेका छन् ।

देउवाले शनिबार सामाजिक संजालमार्फत कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालनागरी अधिवेशनमा सहभागि हुन अनुरोध पनि गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबारदेखि गाउँ–नगर अधिवेशन प्रारम्भ भएको हो । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा शनिबारदेखि गाउँ–नगर अधिवेशन शुरु भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ