arrow

आयो माछापुच्छ्रे बैङ्कको बम्पर अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
mbl-cash-back-offer-anniversary-2078.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्कले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ। यो अफर असोज ८ गते देखी १७ गते सम्मका लागि लागु रहने छ। जस अन्तर्गत ग्राहकहरूले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको क्यास ब्याक पाउन सकिने बैङ्कले जनाएको छ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरूले दैनिक आकर्षक उपहारहरू पनि जित्न सकिने छ। आकर्षक उपहारहरूमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ्ग माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटेल तथा रेस्टुरेन्टहरूबाट प्रि गिफ्ट कुपनहरू र ट्राभल प्याकेजहरू, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेलमेट र ज्याकेट लगायत थ्रुपै उपहारहरू रहेका छन्।

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन रु. ५००० सम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ। वल्र्डलिंक, कल्पमार्ट ,ग्यापु र जीवन साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरू जित्न सकिनेछ। क्राटोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेटहरू र दराजबाट खरिद गर्दा रु ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिने बैङ्कले जनाएको छ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैङ्कको मोबाइल बैङ्किङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरू मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरूप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सकिने बैङ्कको विज्ञप्तिमा भनिएको छ।

माछापुच्छ्रे बैङ्क यही असोज १७ गते २१ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गर्दै छ।



नयाँ