arrow

कुमारी बैङ्कले महिलाहरूलाई आत्मरक्षा प्रशिक्षण दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
women-self-defence-kumari-bank-1.jpg

काठमाडौँ। “आत्मरक्षाको माध्यमबाट महिला सशक्तीकरण“ को उद्देश्य सहित कुमारी बैङ्क लिमिटेडले आफ्नो २० औ वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्यूनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरूमा महिलाहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ।

महिलाहरूलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराइ आत्म मनोबल उच्च बनाउने उद्देश्य सहित उक्त प्रशिक्षण सुरु गरिए हो।

महिला मैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखी कुमारी बैङ्क लिमिटेडले कारोबार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरूमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानुनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोबलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मरक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुनेमा बैङ्क विश्वस्त छ।

सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन सम्पन्न भइसकेको छ भने क्रमशः अन्य प्रदेशहरूमा पनि सञ्चालन गर्ने तयारी रहेको बैङ्कले जनाएको छ।   

आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरी कुमारी बैङ्कले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ