arrow

नबिल बैङ्कद्वारा दिगो बैङ्किङको लागि गल्छी गाउँपालिकासँग साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
nabil-galchhi-rural-municipa-mou.jpg

काठमाडौँ। नबिल बैङ्कले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगो बैङ्किङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ।

गल्छी गाउँपालिकामा नबिल बैङ्कको तर्फबाट बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

उक्त साझेदारी मार्फत गाउँपालिकाहरूले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम-तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैङ्कले उद्यम गर्न बैङ्कको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम-तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको बैङ्कले जनाएको छ।

कार्यक्रममा बोल्दै नबिल बैङ्कको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने बताए।

त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैङ्कको दिगो बैङ्किङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे। साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैङ्कसम्म पुर्‍याई गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे। गल्छी शाखालाई नबिल दिगो बैङ्किङको पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैङ्कसँग गाउँपालिकाको विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताए।

उक्त कार्यक्रममा दिगो बैङ्किङ परामर्शदाता राजु नेपाल, नबिल बैङ्कको बागमती प्रदेश अन्तर्गत स्वयम्भू क्लस्टर प्रमुख प्रज्वल कुमार सुवेदी, नबिल दिगो बैङ्किङका प्रबन्धक लीला प्रसाद ओझा, गल्छी शाखा प्रबन्धक, गाउँपालिका कर्मचारीहरू, किसान, युवा तथा महिला उद्यमीहरू साथै अन्य गाउँपालिका बासीहरूको उपस्थिति थियो।

नबिल बैङ्कले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैङ्किङको सुरुवात गरेको हो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैङ्किङ कार्यक्रम सार्वजनिक गरेको हो।

कार्यक्रम अन्तर्गत बैङ्कले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरु गरेको छ। बैङ्कले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गरी बैङ्कले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको बैङ्कले विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ