arrow

केन्ट आरओको नारा,  "चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १०० प्रतिशत शुद्ध पानीसँग मनाऊँ"

केन्ट आरओको दशैं र तिहार अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
kent-purifier-cg-dashain-2078-offer.jpg

काठमाडौँ। केन्ट उत्पादनहरूको एक मात्र आधिकारिक वितरक सिजी इलेकट्रोनिक्स अन्तर्गतको ईओएल प्रालि नेपालले आउँदै गरेको बडा दशैं र तिहारलाई लक्षित गरी ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ।

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहक वर्गले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठुलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १०० प्रतिशत शुद्ध पानीसँग मनाउनुहोस्” भन्ने नारा जारी गरेको छ।

यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सीजी ब्रान्डको चपर उपहार स्वरूप  प्रदान गरिएको छ। यो ग्राहक योजना यही अश्विनी ८देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिने कम्पनीले जनाएको छ।

आजको आवश्यकता सफा पिउने पानीको हो। प्रत्येक वर्ष लाखौँ नेपाली पानीजन्य रोगहरूले सङ्क्रमित हुन्छन् र हजारौँले आफ्नो ज्यान गुमाउँछन्। तपाईँले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ। साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइप लाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ।

पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ। यसैले, आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्त्वपूर्ण आवश्यकता भएको छ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्रान्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ