arrow

एमबिबिएसका विद्यार्थीहरू 'इन्टर्नसिप' का लागि सङ्घर्षरत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
mbbs1.PNG

काठमाडौँ । झन्डै दुई महिनादेखि चीनमा एमबिबिएस पढाइ सकेर नेपाल आएका विद्यार्थीहरू काठमाडौँमा आन्दोलनरत छन् ।

नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र सम्बन्धित सरकारी निकायले उनीहरूलाई इन्टर्नसिपको व्यवस्था नगरिदिँदा आन्दोलन गर्न पुगेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण उनीहरूले नेपालमै अनलाइन कक्षा लिएर अन्तिम महिनातिरको बाँकी पढाइ सकेका थिए । यसपछि उनीहरूले १ वर्ष इन्टर्नसिप गर्नुपर्ने हुन्छ ।

महामारीकै कारण अझै चीन जान नपाउँदा उनीहरूले नेपालमै इन्टर्नसिपको माग गरेका छन् । चीनले खोप लगाएका अन्य नागरिक एवं व्यावसायिकहरूलाई चीन जान दिए पनि विद्यार्थीहरूलाई भने अझै रोकेको छ ।

चिनियाँ संस्थानहरूको लापरबाहीका कारण सङ्कटमा परेका विद्यार्थीहरूको विषयमा नेपालमा समेत सरोकारवाला निकायले अन्योल सिर्जना गरेका छन् ।

नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले यसअघि निर्णय गरेर इन्टर्नसिपकै क्रममा रहेकाहरूलाई भने इन्टर्नसिप गर्न दिएको छ । तर, पढाइ सकेर इन्टर्नसिप सुरु गर्नुपरेका विद्यार्थीहरूका लागि भने निर्णय गरेको छैन ।

यसबिच आफूहरूको भविष्य सुनिश्चित गर्न माग गर्दै विद्यार्थीहरूले आइतबार माइतीघर मण्डलामा आन्दोलन गरेका छन् । यस्तै उनीहरूले भोलि अर्थात् सोमबार नेपाल मेडिकल काउन्सिलमा विरोध आन्दोलन गर्ने निर्णय गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ