एमसीसीबारे गलत अर्थ नलागोस, यो मुलुकको आर्थिक हितका लागि हो: डा.महत
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
478
Shares
फाइल तस्वीर
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वअर्थमन्त्री डा.रामशरण महतले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) अनुदान सहायता मुलुकको आर्थिक हितका लागि भएको स्पष्ट पारेका छन् ।
उनले नेपालको अर्थतन्त्र सुधारको लागि प्राप्त हुने एमसीसी सहयोग सम्बन्धी संझौताबारे ग़लत अर्थ लगाउन नहुने पनि बताएका छन् ।
आइतबार साँझ समाजिक संजालमा आफ्नो धारणा लेख्दै भनेका छन्,‘आन्तरिक बिज्ञहरूको अध्ययनबाट छानिंएको ऊर्जा एवं यातायात क्षेत्रका परियोजना कार्यान्वयनका लागि आउने ठूलो अनुदान सहायता मुलुकको आर्थिक हितका लागि हो, दातृराष्ट्र अमेरिकी स्वार्थका लागि होइन ।’
गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसीसी अझै पारित हुन सकेको छैन । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने सम्बन्धि सम्झौता भइसके पनि संसदबाट अनुमोदन गराउनुपर्ने शर्तका कारण सम्झौता कार्यान्वयनमा आउन सकेको छैन ।