arrow

सत्ताको किचलो

संसद अधिवेशन अन्त्य गरिँदै, दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद्ले पूर्णता पाउने 

बस्दै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक, अधिवेशन सोमबार मध्यरातदेखि अन्त्य गर्ने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
parliament_of_nepal.png

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । जारी अधिवेशनको यो नै अन्तिम बैठक हुन सक्ने सम्भावना रहेको बताइएको छ । अहिलेसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा सत्ता संचालनमा अप्ठेरो परेसँगै सरकारले चालु अधिवेशन अन्त्य गरेर मात्रै राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरी मन्त्रिपरिषद् विस्तार गर्ने योजना बुनिएको हो । 

यसअघि सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएसँगै त्यसका लागि संसद अधिवेशन अन्त्य गर्न लागिएको हो । सम्भवतः सोमबार मध्यरातदेखि नै लागू हुने गरी संसद अधिवेशन अन्त्य हुन सक्नेछ । 

अध्यादेश फिर्ता नलिंदासम्म गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) सरकारमा नजाने अध्यक्ष उपेन्द्र यादवले अड्डी कसेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा एक पाइला पछाडि सर्न वाध्य भएका हुन् । 

अध्यादेश फिर्ता नलिए जसपा फेरि विभाजित हुने खतरा देखिएको छ । यसअघि अध्यादेश ल्याएरै जसपा र एमाले फुटाइएको थियो । यो अध्यादेश जारी रहेसम्म जसपा फेरि अर्को टुक्रा हुने सम्भावना रहेपछि यादवले दबाब दिएका हुन् । 

सोमबार बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकबाट बजेट सम्बन्धी विधेयकहरु सबै पारित गर्ने र अधिवेशन अन्त्य गर्ने सहमति भएको बुझिएको छ ।

पाँच दलीय गठबन्धनबाट बनेको देउवा नेतृत्वको सरकारले अढाई महिनादेखि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन । देउवा असार २९ गते प्रधानमन्त्री भएका थिए । 

अहिलेसम्म देउवासहित कांग्रेसबाट ४ तथा माओवादी केन्द्रबाट २ गरी ६ मन्त्री छन् । जसपा र एमालेबाट फुटेर गठन भएको नेकपा एकीकृत समाजवादी सरकारमा जान पाएकै छैन । पाँचौं दल राष्ट्रिय जनमोर्चा नेपालले भने सरकारमा नजाने बताइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ