arrow

अमेरिका पुगेका परराष्ट्रमन्त्रीले भने : एमसीसीमा संसोधन हुँदैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
narayan-khadka-congrss.jpg

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी सम्झौतामा संशोधन नहुने बताएका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन पुगेका खड्काले एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति र न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको उल्लेख गर्दै सो परियोजनामा संसोधन गर्न नसकिने भनेका हुन् ।

सो परियोजना अन्य देशमासमेत लागू भइसकेको अवस्थामा एउटा देशमा मात्रै संसोधन गर्न नसकिने उनले भनेका छन्।

‘यसको प्रकिया छ नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले एमसिसी संसोधन गर्न सकिंदैन,’ उनले भनेका छन् ।

उनले एमसिसीका विषयमा सहीछाप भइसकेको भन्दै राष्ट्रिय सहमतिबाट अघि बढ्नु पर्नेमा जोड दिए । सो परियोजना नेपालका लागि सहयोग भएको भन्दै मन्त्री खड्काले एमसिसी बारे भइरहेका अनर्गल प्रचार गलत रहेको बताए ।

‘एमसिसी नेपालको आवश्यकता हो, यो सबै राजनीतिक दललाई अवगत छ, बाहिर  हल्ला  गरेजस्तो एमसिसी होईन, तर पनि दोहोरो चरित्रले शोभा दिँदैन यो विसुद्ध अनुदान हो, न त सेना नेपाल भित्रिन्छ न त राष्ट्रियता कमजोर हुन्छ, एमसिसी विकास हो,’ खड्काले भनेका छन् ।

सो कार्यक्रममा मन्त्री खड्काले एनआरएन विवादलाई परराष्ट्र मन्त्रालय र एनआरएनबीच आपसी समझदारी गरेर हल गरिनेसमेत जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ