- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीरगन्ज । प्रदेश-२ सरकारले जितिया पर्वको अवसरमा आगामी असोज १३ गते बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ ।
मुख्यमन्त्री लालबाबु राउतद्वारा सोमवार जारी शुभकामना सन्देशमा सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरेका छन् ।
पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरे ।