arrow

ग्लोबल आइएमई बैङ्क र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
global-ime-bank-gulmi-local-gov.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहहरु बीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजना अन्तर्गत कृषकहरूलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पहुँच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौतामा बैङ्कको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसिकोट नगरपालिकाको तर्फबाट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी र धुर्कोट गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। सम्झौता पत्रमा हेफर नेपालको तर्फबाट बाख्रा पालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार ग्लोबल आइएमई बैङ्कले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, र धुर्कोट गाउँपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रा पालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम दश लाख रुपैयाँ मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने परियोजना अन्तर्गतका ऋणीहरूलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्ने बैङ्कले जनाएको छ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैङ्कले बैङ्किङ सेवाको पहुँच पुर्‍याउने ७६ जिल्लामा २८० शाखा, २५० एटिएम, २५७ शाखा रहित बैङ्किङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ।

‘सबैका लागि बैङ्क’ भन्ने नाराका साथ बैङ्कले २३ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ। त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भिर्‍याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ