arrow

महासङ्घका अध्यक्ष गोल्छा र आइएलओ नेपाल कार्यालयका निर्देशक हवार्ड बीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
fncci-ilo-meet.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले आज महासङ्घको सचिवालय टेकुमा भेट गरेका छन्।

भेटका अवसरमा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो। उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवर्द्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने विषयमा चर्चा भएको महासङ्घ सचिवालयले जनाएको छ।

छलफलका क्रममा महासङ्घका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइसोलेसन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए।

साथै उनले महासङ्घले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यान्वयनमा प्रतिबद्ध रहेको र सामाजिक सुरक्षाको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड युनियनसँग छलफल गर्न तयार रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ