arrow

वडा दशैँको अवसरमा कुमारी डेबिट-क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
kumari-bank-daraz-online.jpg

काठमाडौँ। नेपालीहरूको महान् चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न कुमारी बैङ्क लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरूलाई विशेष छुट दिने भएको छ।

बैङ्कले दराजसँग विशेष छुट सम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरूले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा यही असोज १० गते देखी असोज १८ गते सम्म सामानहरूको खरिदमा अग्रिम छुट प्राप्त गर्न सक्ने छन्।

सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा दुई हजार र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा २५ सयसम्मको छुट पाउने बैङ्कले जनाएको छ।

सो सहमति पश्चात् कुमारी बैङ्कका डेबिट-क्रेडिट कार्डवाहकहरूले दराज अनलाइन सपिङ मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरू झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन्।

यस अनिश्चितताका बीच बैङ्कले आफ्ना ग्राहकहरूलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरूका लागी डिजिटल बैङ्किङ प्रणालीको प्रयोग गर्न उत्प्रेरित गरिरहेको जनाएको छ।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ