arrow

प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नराख्नेः कांग्रेसबाट को-को बन्दै छन् मन्त्री ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
ser-badhu-deuba.jpg

काठमाडौं । सत्ता गठवन्धन आबद्ध दलहरुबीच भएको सहमति अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भागमा ७ मन्त्रालय परेको छ । कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् । यस्तै कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा.नारायण खड्का छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् ।

अब भने कांग्रेसले तीन फुल मन्त्री पाउने सहमति भएको छ । जसमा कांग्रेस भित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बढु मन्त्री बन्ने पक्का जस्तै छ । यस्तै सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा.शशांक कोइराला निकट नेता डा.मिनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ ।

यसअघि खड्कालाई मन्त्री बनाउँदा पार्टी भित्र छलफल नभएको भन्दै पौडेलसमूह आक्रोशित भएपछि देउवा सो समूहलाई दुई मन्त्री दिन तयार भएको स्रोतले बतायो । यसैगरी कांग्रेस भित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्ने छन् । तर सिटौलाले सोमबार राती अबेरसम्म प्रधानमन्त्रीलाई कसैको पनि नाम दिएका छैनन् ।

यस्तै प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो समूहबाट पुष्पा भुषालको पनि मन्त्री बन्ने सम्भावना छ ।

उपप्रधानमन्त्री नराख्ने

प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएका छन् । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन आवद्ध दलबाट सरकारमा सहभागी सबै दललाइ उपप्रधानमन्त्री दिंदा धेरै हुने भएपछी यो निर्णय लिएका हुन ।

देउवा निकट नेता मीन विश्वकर्माका अनुसार गठवन्धन आबद्ध दलबाट उपप्रधानमन्त्री बनाउँदा उपप्रधानमन्त्री धेरै राख्नु पर्ने बाध्यताका कारण प्रधानमन्त्री देउवा सरकारमा उपप्रधानमन्त्री राख्न अनिच्छुक देखिएका हुन् ।

प्रधानमन्त्रीले सरकारमा यसपटक उपप्रधानमन्त्री राख्न चाहनु भएको छैन, तीन दलबाट तीन जना उपप्रधानमन्त्री बनाउन उहाँ इच्छुक हुनुहुन्न,’ देउवा निकट नेता विश्वकर्माले हाम्राकुरासँग भने । सत्ता गठबन्धनकाबीचमा मन्त्रीको संख्या बाँडफाँड भैसकेको छ । सम्भवत भोलि बुधबार मन्त्रिपरिषद बिस्तार हुन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ