arrow

प्रधानमन्त्री देउवाले मागे मन्त्रीहरुको सूची, माओवादी केन्द्रले आजै मन्त्रीको नाम टुंग्याउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तासँगै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलसँग मन्त्रीको सूची मागेका छन् । प्रधानमन्त्रीले ताकेता गरेसँगै नेकपा माओवादीले आज मंगलबारकै स्थायी कमिटी बैठकबाट मन्त्रीहरुको सूची तयार गर्ने भएको छ ।

यद्यपि यसअघि नै मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्डले पाइसकेका छन् । तर पार्टीभित्र आकांक्षी धेरै देखिएकाले प्रचण्डले आजको बैठकमा छलफल गर्ने भएका हुन् । प्रधानमन्त्री देउवालाई एकीकृत समाजवादी पार्टीले मन्त्रीको नाम पठाइसकेपछि दबाबमा परेको माओवादीले आजै मन्त्रीको नाम टुग्याउने र प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।

मन्त्रीका लागि आंकाक्षी धेरै जना भएकाले  अध्यक्ष प्रचण्डलाई सकस परेको छ । मन्त्री बनाइदिनका लागि प्रचण्ड र उनकी छोरी गंगा दाहालले सूची बनाएपनि त्यो सूचीमा नारायणकाजी श्रेष्ठका तर्फबाट कोही परेका छैनन । यसअघि श्रेष्ठको तर्फबाट गिरिराजमणी पोखरेल मन्त्री बन्दै आएका थिए ।

प्रचण्डले यसपटक पहिला मन्त्री भएका नेताहरुलाई नपठाउने नीति लिएपछि श्रेष्ठका मान्छे नपरेका हुन् । यसपटक देवेन्द्र पौडेल सुदन किराँती, हरिबोल गजुरेल, जयपुरी घर्ती लगायतलाई मन्त्री बनाउने तयारी गरेको भएपनि अन्य नेताहरुले आफूहरुपनि मन्त्री हुनुपर्ने दावी गरिरहेका छन् ।

माओवादीले भागमा पाएको ६ वटा मन्त्रालय मध्य २ महत्वपूर्ण मन्त्री बनाइसकेको छ। उसले अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाललाई पठाइसकेको छ। अब, चार वटा मन्त्रालय मात्र भागमा रहेको माओवादीबाट क्लस्टर र नयाँ अनुहार पनि पठाउनुपर्ने बाध्यता रहेको भएपनि प्रचण्डले चुडामणी खड्कालाई पनि मन्त्री बनाउने संभावना रहेको छ ।

आफ्नो सचिवालयमा रहेका खड्कालाई मन्त्री बनाउदा परिवार चलाउन प्रचण्डलाई सहज हुने बताइएको छ । वर्षमान पुन, कृष्णबहादुर महरा र जनार्दन शर्माले पनि आफ्नो तर्फबाट एक जना मन्त्री बनाउन दबाब दिइरहेका छन् । देव गुरुङ पनि मन्त्री बन्ने लाइनमा छन् । तर गुरुङ सचेतक रहेका कारण उनलाई पठाउने संभावना कम रहेको माओवादी निकट स्रोतले जनाएको छ । ४९ जना सांसदमा ४९ जनालाई नै चाहिएको छ।’

उनले मन्त्री पद भन्दा पनि पार्टी प्रमुख रहेको भन्दै अहिलेसम्म विभिन्न सरकारमा एक सय जना मन्त्री बनाइसकेको बताएका थिए । ‘माधवजीहरुको पार्टी नेकपा एस पनि सरकारमा सामेल हुने भएपछि माओवादी केन्द्रले पाउने मन्त्रालय स्वतःघटेको छ । तर आकांक्षी भने सबै सांसद्हरु देखिएका छन्,’ माओवादीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘सांसद् मात्रै होइनन्, सांसदभन्दा बाहिरका साथीहरु पनि आकांक्षी देखिएपछि आलोपालो गरी मन्त्री बनाउने कि भन्ने छलफल पनि भएको थियो ।’ माओवादीले यसबीचमा मन्त्री छान्ने जिम्मेवारी पार्टी अध्यक्षलाई दिएको भएपनि अध्यक्षले भने कसकसलाई मन्त्री बनाउने भन्ने बारेमा केही बताइसकेका छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ