- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम पूर्वमन्त्री वर्षमान पुन अनन्त अस्वस्थ्य भएका छन् ।
केही दिन अघि कार्यक्रमका सिलसिलामा रोल्पा पुगेपछि उनी विरामी परेका हुन् । उनलाई पुरानै रोग जण्डिस बल्झिएको चिकित्सकहरुले बताएका छन् ।
ललितपुरस्थित सुमेरु अस्पतालका डा.युवराज शर्माको टोलीले परीक्षण गरी औषधी चलाइएको भएपनि स्वास्थ्यमा सुधार नआएको पुन निकट एक नेताले जानकारी दिए ।
सुमेरु अस्पतालमा परिक्षण गरेका पुनलाई जण्डिसको पुरानै समस्या बल्झिएको थियो । तर उनी अस्पताल भर्ना चाहीं नभएको अस्पताल प्रशासनले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था स्थिर नै छ । स्वास्थ्य परीक्षणको रिर्पोटहरु आउन बाँकी छ । उनको थप उपचार नेपालकै अस्पतालमा गर्ने प्रयास भइरहेको छ । उनलाई झण्डै दुई वर्षअघि पनि जण्डिसका कारण गम्भिर विरामी परेर थाईल्याण्डमा उपचार गरिएको थियो ।