arrow

ओलीले प्रधानमन्त्री देउवालाई पठाए सन्देश 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
oli-karki.JPG

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएका छन्। मङ्गलवार ओलीले  कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भएको भेटपछि  प्रधानमन्त्री देउवालाई सन्देश पठाएका हुन्।

ओलीले कानुन मन्त्रीसँगको भेटमा उनी मार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाएका छन् । सन्देशमा ओलीले अध्यादेश  फिर्ता गरिनु षडयन्त्रपूर्ण र बदनियत पूर्ण रहेको बताएका छन्।

ओलीले सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिलकुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियत पूर्ण रहेको पुष्टि भएको बताएका छन्।

'चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न सांसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।' ओलीले कानुन मन्त्रीसँग भनेका छन् ।  

उनले  'संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो । तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैर कानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रस्ट छ ।'  सन्देश दिन भनेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ