arrow

ढुङ्गा नपाउँदा महाकालीको पुल निर्माण प्रभावित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
dodhara-chadani-bridge.JPG

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त र दोधरा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमा भइरहेको चार लेनको पुल निर्माणको काम ठुला ढुङ्गा नपाएर प्रभावित भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीमा निर्माणाधीन पुलको तटबन्ध बनाउने काम ढुङ्गा अभावमा रोकिएको हो ।

पुलको दुवैतर्फ पाँच हजार ४ सय मिटर बाँध निर्माण गर्ने योजना छ । नदीको दुवैतर्फ गरी २ हजार ७ सय लम्बाई भएको बाँध निर्माण गर्नुपर्ने ठेक्का सम्झौता छ । पुलको दुवैतर्फ १ दशमलव २ वर्ग किलोमिटर क्षेत्रफलका दुई वटा पोखरी समेत निर्माण गर्नुपर्नेछ । 

हालसम्म महाकाली पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ । तर पुलको दुवै तर्फ पोखरी निर्माण गर्दा आवश्यक २ सय ६० किलो भन्दा ठुला ढुङ्गाको अभावले बाँकी काम गर्न समस्या भएको छ । स्थानीय तहमा रहेका खोलाहरूमा प्रशस्त रूपमा ढुङ्गा भए पनि स्थानीय बासिन्दाले विरोध गरेपछि ढुङ्गा ल्याउन कठिनाइ भएको आयोजनाले जनाएको छ ।

भीमदत्त नगरपालिकाले आयोजना निर्माणमा बाधा उत्पन्न हुन नदिन आफूले सक्दो पहल गरिरहेको भन्दै ढुङ्गा को अभाव हटाउन सङ्घीय र प्रदेश सरकारले नै समन्वयको काम गर्नु पर्ने जनाएको छ ।

२०७४ साल भदौदेखि सुरु भएको निर्माण कार्य आगामी फागुन १२ गतेसम्म सक्ने लक्ष्य राखिएको छ । तीन अर्ब ६७ करोडको लागतमा बन्ने पुलअन्तर्गत ७ दशमलव ८ किलोमिटर लम्बाइको ६ लेनको पहुँच मार्ग कालोपत्रे भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ