- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम चर्चित उद्यमी विनोद चौधरीले ‘पार्टी कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउन र देशलाई आर्थिक रूपमा समृद्ध बनाउन आव्हान गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नवलपुरको देवचुली नगर समितिको अधिवेशनमा मतदान गर्दै चौधरीले पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने यस्तो महोत्सवमा आफू उत्साहित भएको पनि बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘पार्टी कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याऔं, देशलाई आर्थिक रूपमा समृद्ध बनाऔं ।’ नेपाली कांग्रेस ऐतिहासिक महाधिवेशनको संघारमा छ। पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने यो महोत्सवलाई लिएर म निकै उत्साहित छु । यही क्रममा देवचुली नगर समितिको चुनावमा मतदान पनि गरें । जय नेपाल ।’
चौधरीलगायतका कांग्रेस नेताहरुले ‘गरिखाने अभियान’ अभियान संचालन गरिरहेका छन् । कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिमार्फत देशका सातैवटा प्रदेशमा सयवटा ‘स्टार्टअप’लाई सघाउन यो अभियान सुरु गरिएको हो।
युवाका उद्यमशील सोंचमा लगानी गरी उनीहरुलाई उद्यमी बनाउने उद्देश्यले चौधरीको संयोजकत्वमा समिति गठन गरी अभियान ७७ वटै जिल्लामा विस्तार गरिएको छ ।