arrow

प्रदेश २ को आर्थिक उन्नति र प्रगतिका बारे परामर्श गोष्ठी

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असोज १२ मंगलबार
paramarsa-gosti.JPG

जनकपुरधाम। प्रदेश नम्बर दुईको आर्थिक उन्नति र प्रगतिका कुन कुन क्षेत्रमा के के कार्य गर्नुपर्ने त्यसबारे अध्ययन अनुसन्धान गर्ने उद्देश्यले जनकपुरधाममा एक दिवसीय परामर्श गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग, प्रदेश नम्बर २ नीति तथा योजना आयोग र विश्व खाद्य सङ्गठनको सम्पन्न गोष्ठीमा विषयगत रूपमा गर्नुपर्ने अध्ययन अनुसन्धानका बारेमा छलफल गरेका छन् । 

प्रदेश नम्बर २ कृषि विकासका लागि उपयुक्त भए पनि विकासका अन्य अव्ययहरू माथि पनि ध्यान दिनुपर्ने कुरा विज्ञहरूले औँल्याएका हुन् । उनीहरूले कृषि क्षेत्र मा धान र गहुँ तर्फ मात्र विचार नगरी उष्ण प्रदेशीय फलफूल, नगदे वाली, दलहन र तेलहन तर्फ समेत ध्यान दिई त्यसका पाकेट विकसित गर्ने जानकारी गराए।

सहभागी विज्ञहरूले युवाहरु वैदेशिक रोजगारमा धमाधम गइरहेकाले कृषि कार्यका लागि जनशक्ति अभाव रहेको तर्क राखे । उनीहरूले पशुपालन, लघुउधम, थप औद्योगिक क्षेत्रको पहिचान एवं विकास गर्नुपर्ने स्थान र विज्ञता र उत्पादनको सम्भावना अनुसार अध्ययन अनुसन्धानका प्रमुख इन्डिकेटरहरु तय गर्नुपर्ने बताए । त्यस्तै यो परामर्श राष्ट्रिय स्तर, प्रदेश स्तर र पालिका स्तरमा समेत सञ्चालन गरिने जानकारी गराए।

नीति तथा योजना आयोग प्रदेश नम्बर दुई का उपाध्यक्ष डा. भोगेन्र्द झा को अध्यक्षतामा सम्पन्न उत्थानशीलता विश्लेषण तथा जीविकोपार्जन अभ्यास विषयक सो कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिवहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ