“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” डिसहोमको नयाँ जडान सँगै स्पेन घुम्ने अवसर
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
898
Shares
काठमाडौँ। विगत ११ वर्ष देखि डिस मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ। डिसहोमले ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरू सँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ। जस अनुसार डिसहोमले ग्राहकहरूलाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरू प्रदान गर्दै आएको छ।
अहिले नेपालीहरूको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाइलो पर्वको मौसम थप खुसीयाली र उत्साह थप्न डिसहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन गरेको छ। २०७८ असोज ११ गते देखि लागु हुने यो योजना अन्तरगत डिसहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरूले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुने छ। यो योजना प्रभु टिभी, सिम टिभी, र डिसहोम फाइबर नेटको जडानमा पनि उपलब्ध छ।
लालिगा सिजन टिकट मार्फत डिसहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरूले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रूपमा लिइने लालिगा हेर्न सकिने छ। यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिसहोमले प्राप्त गरेको छ।
हाल डिसहोममा खेल च्यानलको रूपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरू भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भइरहेको छ।
डिसहोमको यस योजनाले ग्राहकहरूलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ। यो योजना नेपालभर सीमित अवधिको लागी लागु हुने कम्पनीले जनाएको छ।