arrow

सम्मेलनमार्फत निजी शिक्षा अन्त्यको कार्यबिधी पास गर्छौं : उपाध्यक्ष भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
tilak-bhandari.jpg

काठमाडौ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तिलकराज भण्डारीले अखिल (क्रान्तिकारी) को सम्मेलनले निजी शिक्षाको पूर्ण अन्त्यको कार्यदिशा निर्माण गर्ने बताएका छन् ।

मंगलबार एक कार्यक्रममा संचारकर्मीहरुले सोधेको प्रश्नमा उपाध्यक्ष भण्डारीले उक्त दाबी गरेका हुन । नेपाली समाज गरिबहरुका निम्ती धान्नै नसक्ने गरि निर्मम हुँदै गएको भन्दै उपाध्यक्ष भण्डारीले भने, ‘अभिभावकले बेहोर्नै र धान्नै नसक्ने निजी शिक्षा हामीलाई चाँहिदैन । सम्मेलनमा निजी शिक्षा अन्त्यको कार्यबिधी पास गर्छौं ।’

असोज १४ बाट तीन दिन चल्ने २२औं केन्द्रीय सम्मेलनका लागि अधिकांश जिल्ला सम्मेलनहरु सम्पन्न गरेको अखिल (क्रान्तिकारी) ले लुम्बिनी प्रदेशमा मात्र नेतृत्व टुङ्ग्याएको छ ।
 



नयाँ