arrow

उपचारका लागि बैंकक गए वर्षमान पुन

logo
रासस,
प्रकाशित २०७८ असोज १३ बुधबार
barsaman-pun-news-bt.jpeg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । केही समयदेखि कमलपित्तबाट अस्वस्थ भएका उनको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि बुधवार बिहान बैंकक गएका हुन् । 
    
कमलपित्तको मात्रा नघटेपछि वरिष्ठ चिकित्सकको सल्लाहमा थप उपचारका लागि बैंकक लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री पुनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने बताइएको छ । उनका साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि रहेकी छन् ।

 यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ