arrow

विद्युत प्राधिकरणले पोलको भाडा बढाउँदा केवल टेलिभिजन व्यवसायी मर्कामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
bijuli-pole.jpg
फाइल तस्विर।

काठमाडौं। केवल टेलिभिजन व्यवसायीहरूले आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधवार सरकारको नीतिका कारण व्यवसायीहरूको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा व्यवसायीहरूले सरकारले आफ्ना मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्।

व्यवसायीहरूले व्यवसायी मैत्री र उपभोक्ता मैत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरूसँग छलफल नै नगरी विरोध आउने किसिमका नीति ल्याएको बताए । उनीहरूले पोलसम्बन्धी भाडा बढाइएको कुराले अप्ठ्यारोमाथि अप्ठ्यारो थपेको बताए। 

राज्यले ल्याएको नीतिअनुसार व्यवसायीहरूलाई काम नगर् भनेर घाँटी थिच्ने काम मात्र सरकारले गरेको औँल्याएका छन् । विद्युत् प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको भन्दै प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरूले तिर्न नसक्ने र तार काटिएमा घर घरमा टेलिभिजन प्रशारण नहुने बताए ।  

सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरूले सबैको हित हुने गरी नीति निर्माण गर्न सुझाएका छन् । विद्युत् प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरूले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन् । 

केवल टेलिभिजन व्यवसायी महासङ्घको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरू उपस्थित भएका छन्। उनीहरूले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धराप हुन लागेको भन्दै आफूहरू बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ