arrow

एसियन डेभलपमेन्ट बैङ्कको ‘लिडिङ्ग पार्टनर बैङ्क’ उपाधि लक्ष्मी बैङ्कलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
ADP-laxmi-bank.jpg

काठमाडौँ। एसियन डेभलपमेन्ट बैङ्कले २०२१ को लिडिङ्ग पार्टनर बैङ्कको उपाधिबाट लक्ष्मी बैङ्कलाई सम्मानित गरेको छ। सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडिबी सँगको सहकार्यमा सबै भन्दा बढी कारोबार गर्ने बैङ्कलाई प्रदान गर्ने गरिन्छ। लक्ष्मी बैङ्कले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको बैङ्कले जनाएको छ।

एडिबीले सो उपाधिहरू जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधि भर गरिएको विभिन्न सहकार्यको आदरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैङ्कले विभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरूसँग कारोबार गरी सबै भन्दा सक्रिय साझेदार बैङ्कको रूपमा प्रस्तुत भएको छ।

एडिबी को ‘लिडिङ्ग पार्टनर बैङ्क’ उपाधि ले लक्ष्मी बैङ्कको व्यापार तथा वित्त, परिचालन क्षमता, वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापन को सुदृधिकारण गर्ने प्रयासहरूलाई अझ सार्थक बनाएको छ।

हालको कोभिडको स्थितिका कारण, भर्चुअल गरिएको पुरस्कार समारोहमा सो उपाधि लक्ष्मी बैङ्कलाई प्रदान गरिएको थियो। सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैङ्कहरू उपस्थित थिए जसमा २५ बैङ्कहरूलाई २० वटा श्रेणिमा विभिन्न उपाधिहरूद्वारा सम्मानित गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ