- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा जारी अवरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा एमाले अध्यक्षसँग वार्ता गर्ने तयारी गरेका हुन् । तर कहिले भेट्ने भन्नेबारे भने टुङ्गो लागेको छैन ।
देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमालेका तर्फबाट कोही पनि सहभागी भएनन् । त्यस लगत्तै देउवाले बैठकमा नै एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएका थिए ।
प्रधानमन्त्री देउवाले बैठकमा एमाले ओलीसँग सम्पर्क गरेर छलफल अगाडि बढाउने प्रतिबद्धता जनाएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत जानकारी दिए ।