arrow

स्याङ्जामा ट्याक्टर दुर्घटना, एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
accident-final_1618120153.jpg

स्याङ्जा। स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँधिखोला ६ कि ४५ वर्षीया माया विक रहेकी छन् । 

आँधीखोला- सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासि गुड्दा एक जना महिलाको मृत्यु भएको हो । सेतीदोभानस्थित वरको रुख भन्ने ठाउँमा रोकिराखेको ट्याक्टर अचानक गुड्न जाँदा चोक्करको भारी बोकेर हिँडिरहेकी उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । 

उनको उपचारको क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  ट्याक्टर आफै गुडेको वा चालकले दुर्घटना गराएर भागेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ