arrow

ज्येष्ठ नागरिक दिवसको अवसरमा टेलिकमले निःशुल्क सिम बाँड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
nepal-telecom-1618296039.png

काठमाडौं । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइँदैछ । उक्त अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ । 

सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने छ । यस सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ । 

नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्ने टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र जस्तै–नागरिकता प्रमाणपत्र, ज्येष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपी संलग्न गर्नुपर्नेछ । 

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले ज्येष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहँुचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको टेलिकमले जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ