arrow

एक हजार ६६ सङ्क्रमित थपिए, ९ सय ३८ सङ्क्रमणमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ३६८ जनामा कोरोना परीक्षण गर्दा  सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार ११५ जना पुगेको छ । नेपालमा सङ्क्रमण दर १८.९ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १९ छन् । सो अवधिमा ९३८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६६ हजार ६९६ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ । 

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १४८ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३५४ सघन उपचार कक्ष (आइसीयू), ११६ भेन्टिलेटर, १६ हजार ८८१ होम आइसोलेसन, एक हजार २३४ संस्थागत आइसोलेसन र २४२ जना क्वारेनटिनमा रहेका छन् ।

आज दुई लाख १७ हजार ३९१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ७६ लाख ३१ हजार १८८ जनाले पहिलो मात्रा र ६३ लाख २८ हजार ३२७ पूर्ण मात्राको खोप लगाएका छन् ।



नयाँ