- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा गरेको राजकुमार लेखी नेकपा (एमाले)मा प्रवेश गर्ने भएका छन् । लोसपामा हुँदा उनी कार्यकारिणी सदस्य थिए । त्यसभन्दा पहिले उनी राष्ट्रिय जनता पार्टीका महासचिव थिए ।
लेखी निकट एक व्यक्तिका अनुसार उनी असोज १७ गते नै एमालेमा प्रवेश गर्ने सम्भावना छ । एमालेमा प्रवेश गर्ने टुङ्गो लागे पछि लेखीले लोसपा छाडेको ती व्यक्तिले जानकारी गराए ।
जनता समाजवादी पार्टी विभाजनमा उनले महन्थ ठाकुर र राजेन्द्र महतोलाई साथ दिएका थिए । यसअघि राजपामा आबद्ध थिए ।
एमालेलाई केन्द्रीय तहमा जिम्मेवारी दिने टुङ्गो लागेका बताइएको छ । पछिल्लो समय उनी जसपासँग निराश भएका थिए । जसपा विभाजन पछि झनै निराश भएका थिए ।