arrow

सिप्रदीद्वारा वडा नम्बर ४ लाई स्ट्रिट लाइट हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
sipradi-street-light-handover.jpg

काठमाडौँ। सिप्रदी कम्पनीको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्रीज् नेपालले हालै काठमाडौँको वडा नम्बर-४लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ। सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले काठमाडौँ वडा नम्बर-४ का अध्यक्ष  मोहन बिस्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्। उक्त समारोहमा सिप्रदियन सहायता संस्था र वडा नम्बर-४ का वडा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले भने, “सन् २०१२ मा स्थापना भएदेखि नै सिप्रदीयन सहायता संस्था सदैव समाजको हितमा लागिरहेको सामाजिक संस्था हो र आज त्यही विचार अन्तर्गत वडा नम्बर-४ लाई सहयोग गर्न पाउँदा निकै हर्षित छौँ। हामीलाई विश्वास छ कि यो हस्तान्तरण गरेको स्ट्रिट लाइटहरूले रातिको समय स्थानीयवासीहरूलाई जनजीवनमा सहजता पुर्‍याउने छ।” र यसको साथै भविष्यमा पनि सिप्रदी सहायता संस्था र एक्साइड ब्याट्रीज् नेपालले सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्ने कुरामा जोड दिएका थिए।

सिप्रदी सहायता संस्थाका बारेमा
सन् २०१२ मा स्थापना भएको सिप्रदी सहायता संस्था गैर नाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्नका लागि सिप्रदी सहायता संस्थाको स्थापना गरिएको हो। संस्थाले योग्य तर आर्थिक रूपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ।

संस्थाले ज्येष्ठ नागरिकहरू, टुहुरा बालबालिकाहरू तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सेवा र सहयोग हर सम्भव पुर्‍याउने लक्ष्य लिएको छ। यसको साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ