arrow

नेपालमा थप ८६७ मा कोरोना सङ्क्रमण

logo
रासस,
प्रकाशित २०७८ असोज १६ शनिबार
corona-variant.jpg
फाइल तस्बिर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ हजार २१९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १७ हजार ६४२ जना पुगेको छ। सो अवधिमा एक हजार १२३ सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६७ हजार ८१९ छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत छ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको मत्यु भएको छ। हालसम्म सङ्क्रमणबाट ११ हजार १५७ जनाको मृत्यु भइसकेको छ। हाल देशभर ३५० सघन उपचारकक्ष (आइसीयू), ११२ भेन्टिलेटर, १६ हजार ३७१ होम आइसोलेशन, एक हजार २७१ संस्थागत आइसोलेशन र २३९ जना क्वारेन्टिनमा रहेका छन् । आज ८३ हजार ३७३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

नेपालमा हालसम्मा सात लाख ९६ हजार ६१८ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९१ हजार ९२९ एन्टिजेन विधिमा कारेरोना देखिएको मन्त्रालयको तथ्याङ्कम उल्लेख छ।



नयाँ