arrow

ब्लाक्क प्लस डेक्कर को “दसैँ तिहार लक्की स्क्रयाच” योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
cg-electronic-dashain-2078-offer.jpg

काठमाडौँ। इलेकट्रोनिक्स ब्राण्ड ब्लाक्क प्लस डेक्करले नजिकिइरहेको नेपालीहरूको चाड दसैँ र तिहारलाई लक्षित गर्दै ’दसैँ तिहार लक्की स्क्रयाच’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकले ब्लाक्क प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा एउटा स्क्रयाच कार्ड पाउनुहुनेछ जसबाट रु. १,००,००० (एक लाख) सम्मको हात खाली नजाने क्यास प्राईज तत्काल प्राप्त गर्न सक्नेछ। र साथै लक्की ड्र अन्तर्गत मासिक उपहारहरू र बम्पर उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ।

लक्की ड्र अन्तर्गत मासिक उपहारहरूमा २ लक्की विजेताले ब्लाक्क प्लस डेक्करको ओएफआर ओएल हीटर र ओटीजी ओवन जित्न सक्नेछ भने अन्तिममा बम्पर उपहारमा १ भाग्यशाली ग्राहकले एलजी को ९ केजी फ्रन्ट लोड वाशिङ मसीन जित्न सकिने कम्पनीले जनाएको छ।

सो लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकले सामान खरिद गरेको बेला वारेन्टी कार्डमा आफ्नो पूर्ण विवरण भरी विक्रेतालाई बुझाउनु पर्नेछ।  कम्पनीले यो योजना असोज १५, २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ। ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ