पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
949
Shares
आइएनएन । नेपाल-भारत बिच युक्त सैन्य अभ्यास सम्पन्न भएको छ। भारतको उत्तराखण्डको पिथौरागढमा शनिवार नेपाल-भारत संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' सम्पन्न भएको हो। सेप्टेम्बर महिनाको २० तारिख मा शुभारम्भ भएको यो अभ्यास दुई देश बिच हुँदै आएको सैन्य अभ्यास को १५ औँ संस्करण थियो।
संयुक्त अभ्यास आतङ्कवाद र आपत्कालीन राहत अभियानमा केन्द्रित थियो। अभ्यासले दुबै देशका सेनाहरू बिच व्यावसायिक र सामाजिक सम्बन्ध बढाउने अवसर पनि प्रदान गरेको छ।
समापन समारोहमा दुवै देशका सेनाले आ-आफ्ना युद्ध कौशल, आतङ्कवादी समूहहरू विरुद्ध शक्ति र प्रभुत्व प्रदर्शन गरेका थिए।
समापन समारोहमा दुवै राष्ट्रका अद्वितीय परम्परा सहित विशाल प्रतिभाको प्रदर्शन गरिएको थियो। यस अभ्यासको व्यावसायिक आचरण प्रति दुवै देशका वरिष्ठ अधिकारीहरूले सन्तुष्टि र प्रशंसा व्यक्त गरेका छन्।