arrow

विप्लवका पार्टी सदस्य ज्ञानेश्वरले भने–‘अब कृषि क्रान्ति गर्न ढिला नगरौँ’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
gyaneshor-dahal.JPG

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सदस्य ज्ञानेश्वर दाहालले अब सबै नेपाली जनता र कृषि उद्योगीहरू कृषि क्रान्तिमा लाग्नुपर्ने बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दाहालले कृषि क्रान्तिमार्फत नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताएका हुन् । यसको लागि अब ढिलो नगरी कृषि क्रान्ति गरिनुपर्ने उनको भनाई छ । 

दाहालले कृषि क्रान्तिपछि कुनै किसानले माइतीघर मण्डलामा ज्यान गुमाउन नपर्ने पनि जिकिर गरे । उनले किसानहरूमाथि दलाल गर्नेहरूको आफूहरूले अन्त्य गर्ने पनि बताए । उनले भने,‘कृषिमा आबद्ध भएका किसानहरू, कृषि विज्ञहरू, कृषि प्राविधिकहरू, एनजिओ दाताहरू, सबै नेपाली जनताहरू, उद्योग व्यवसायीहरू नेपाल कम्युनिस्ट पार्टीको दुप्चेस्वर कोल्डस्टोरको नेपाल कृषि क्रान्ति उद्योगमा समावेश हुनुहोस् ।’ उनले नेपाल आँफै स्वावलम्बन बन्न र परनिर्भरताबाट मुक्त हुनको लागि कृषि पेशाभन्दा अर्को दोस्रो विकल्प नरहेको स्पष्ट पारे । 

‘जसरी जनयुद्ध लडेका थियौँ, त्यसरी नै कृषिमा नेपालीलाई आत्मनिर्भर बनाउन क्रान्ति गर्नुपर्ने’ उनको भनाई थियो । नेपालमा स्वावलम्बी बनाउनको लागि कृषि क्रान्ति मात्र एक विकल्प रहेको उनले बताए । उनले युवाहरूलाई विदेश जानबाट रोक्नु पनि आजको आवश्यकता भएको सुनाए । 

उनले आगामी पाँच वर्षभित्र नेपाललाई कृषिबाट स्वावलम्बन बनाउन समेत सरकारसँग आग्रह गरे । उनले कृषि क्रान्तिमा सबै नेपालीहरू सहभागी भएर साथ दिन समेत अनुरोध गरे । उनले भने,‘कृषि क्रान्तिको लागि तपाई सँग जे छ त्यो लिएर आइदिनुहोस् ।’ 

उनले विश्वसामु नेपाललाई कृषि राष्ट्रको रूपमा चिनाउनु पर्नेमा जोड दिए । उनले पछिल्लो समयमा कम्युनिस्ट नेताहरूको भनाई एउटा र गराई अर्को भएको पनि गुनासो पोखे । उनले आफूले झापाका रामनाथ दाहाल र पोखराको पुष्पकमल दाहालसँगको सङ्गत गरेको र उनीहरूको क्रान्तिले देशमा ठुलो विचलन ल्याएको समेत टिप्पणी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ