थप ६ सय ८९ जनामा कोभिड १९ को संक्रमण पुष्टि, १,४०५ जना निको भए
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
1k
Shares
काठमाडौँ। पछिल्लो २४ घण्टामा ६ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ९७ हजार १ सय ९२ जनामा र एन्टिजेन विधिबाट ९२ हजार ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यसै समयावधिमा १ हजार ४ सय ५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ६९ हजार २ सय २४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार १ सय ६४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ९ सय २० जनाको नमुना परीक्षण गरिएको छ। हाल ३ सय ३७ जनाको आइसियु र १ सय ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या १६ हजार ८ सय ४ रहेको छ।