- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेड २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा बैङ्कले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरूलाई सम्मान गरेको छ। यस अघि नै बैङ्कले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ।
जस अन्तर्गत ग्राहकहरूले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ(कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको क्यास ब्याक पाउन सक्नेछन्। क्यास ब्याकको अतिरिक्त ग्राहकहरूलाई दैनिक आकर्षक उपहारहरू पनि प्रधान गरी रहेको बैङ्कले जनाएको छ।
डेबिट र क्रेडिट कार्ड बाहेक बैङ्कको मोबाइल बैङ्किङ बाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरू मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरूप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन्।
साथै सबल उत्कृष्ट एवं विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैङ्कको २१ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहकवर्ग सेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं शुभचिन्तक महानुभावहरूमा बैङ्कले हार्दिक कृतज्ञता व्यक्त गदै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैङ्कले व्यक्त गरेको छ।