arrow

फुमियो किसिडा बने जापानका एक सयौँ प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
fumio kishida.jpg

काठमाडौं। पूर्व विदेश मन्त्री फुमियो किसिडा जापानको एक सयौँ प्रधानमन्त्री बनेका छन् । सोमबार कार्यभार सम्हालेसँगै उनले भोलिसम्म नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने तयारी रहेको छ ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतृत्वको चुनावमा जित हात पारेसँगै ६४ वर्षीय फुमियो किसिडा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका थिए ।

निवर्तमान प्रधानमन्त्री योशिहिडे सुगाले एक वर्ष पुग्ने बित्तिकै प्रधानमन्त्री पद छोड्ने बताएका थिए । सोही अनुसार भएको एलडीपीको नेतृत्वको नयाँ चुनावमा किसिडाले जित हात पारेका थिए ।

सुगा भन्दा अघिका प्रधानमन्त्री सिन्जो आबेले गत सेप्टेम्बरमा स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ