arrow

'मन्त्री कसलाई बनाउने भन्ने कुरा प्रधानमन्त्रीको हो, प्रधानन्यायाधीशको कुनै हात हुँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
cholendra1.jpg

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई हुने बताएका छन् । 

प्रधानन्यायाधीशले मन्त्रालय बाँडफाँटमा भाग खोजेको विषयमा सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले सोधेसँगै प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन् । ‍
 ‍‍
पदाधिकारीलाई प्रधानन्यायाधीश राणाले भने “मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाको हो, त्यसमा प्रधानन्यायाधीशको कुनै हात हुँदैन, बाहिर आएको समाचारका विषयमा म गम्भीर छु, यसबारे छिटै अदालतबाट खण्डन हुन्छ ।”

यससम्बन्धी समाचार शनिवार सार्वजनिक भएको थियो । प्रधानन्यायाधीश राणाले यस विषयमा आएको समाचार सत्य नभएको पनि सो प्रतिनिधिमण्डलसँग बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ