८ जिल्लामा पाँच सय भन्दा बढी संक्रमित, १० जनाको निधन
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
499
Shares
काठमाडौँ । नेपालका आठ जिल्लामा पाँच सय भन्दा बढी संक्रमित रहेका छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर भक्तपुर, कास्की र रुपन्देही ५०० भन्दा बढी संक्रमित भएको जिल्ला हुन् । त्यस्तै २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् ।
त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म संक्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ ।
साथै पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ८७४ जनामा सोमवार कोरोना परीक्षण गरिएको थियो । देशभर सक्रिय संक्रमित १६ हजार ६०६ छन् । नेपालमा संक्रमण दर १८.८ प्रतिशत छ ।
सोमवार एक हजारले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुने सात लाख ७० हजार २२४ पुगेका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ ।
हाल देशभर ३५१ जना सघन उपचार कक्ष, ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेसन, एक हजार १५२ जना संस्थागत आइसोलेसन र २४१ जना क्वारेनटिनमा छन् ।
कोभिड–१९ विरुद्धको खोप एक लाख २० हजार ५४८ जनाले लगाएका छन् । अहिलेसम्म नेपालमा ७८ लाख पाँच हजार ६८५ ले पहिलो मात्रा र ६३ लाख ८४ हजार १७२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।