arrow

टाटा मोटर्सको दसैँ अफर अन्तर्गत ४ भाग्यशाली विजेता घोषित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
sipradi-tata-weekly-lucky-draw-2078.jpg

काठमाडौँ। नेपालका लागि टाटा मोटर्सका आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले “यसपालि जाँदैन हात खाली” भन्ने दसैँ योजना अन्तर्गत हरेक हप्ता बुकिङ गर्ने ग्राहकहरू मध्ये एक ग्राहकलाई लक्की ड्र मार्फत ४० इन्चको स्मार्ट टिभी प्रदान गर्ने भनेकोमा हाल सम्म ४ जना भाग्यशाली विजेता घोषित गरिसकेको कम्पनीले जनाएको छ।

अफर सार्वजनिक गरेको पहिलो हप्तामा १९७ वटा बुकिङ, दोस्रो हप्ता ३६९ बुकिङ, तेस्रो हप्ता २२२ बुकिङ र चौथो हप्तामा ५६० बुकिङ प्राप्त भएको कम्पनीले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। जसमा क्रमशः दिल बहादुर थापा (ट्रक–टिपर), चौधरी ट्रेडर्स (पिकअप), आर के स्टिल फर्निचर उद्योग (कार्गो) र श्री कृष्ण दूध सङ्कलन तथा विक्री फर्म (सानो ट्रक–टिपर) विजयी भएका हुन्। विजेता घोषणा कार्यक्रम हरेक शुक्रवार बेलुकी ७ बजे कम्पनीको फेसबुक पेज “टाटा मोटर्स ट्रकस् एण्ड बसेस नेपाल” बाट लाइभ गरिएको थियो।

पछिल्लो समयमा देखिएको ग्राहकहरूको बढ्दो सहभागितालाई ध्यानमा राख्दै असोज १४ सम्मलाई तोकिएको दसैँ योजना असोज २५ गते सम्मलाई लागू गरिएको छ। यस दसैँ योजनामा  बुकिङ गर्दा, खरिद गर्दा, हरेक हप्ताको लक्की ड्र र बम्पर लक्की ड्र गरी चार पटक सम्म उपहार जित्ने मौका प्राप्त हुन्छ। योजना सम्बन्धी थप जानकारी वा बुकिङ का लागि ग्राहकहरूले नजिकैको सिप्रदी ट्रेडिङ्गको शोरुममा सम्पर्क गर्न सक्नेछन् वा ९८०११०७६०० मा मिस कल गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ