arrow

ग्राहकहरूलाई सिटी सेन्टरको चाडपर्व उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
city-centre-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। सङ्घीय राजधानीको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरूको महान् चाडपर्व दसैँ–तिहार लक्षित योजनाहरू सार्वजनिक गरेको छ। सपिङ मलमा आउने ग्राहकहरूलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो।

किनमेल गर्ने ग्राहकहरूलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालिको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ। असोज १६ गते देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ। 

शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ। लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटेलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ।

यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरूले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रि लगायतका अन्य आकर्षक छुट तथा योजनाहरू समेत प्रदान गर्नेछन्।

विश्वभरि फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशन अनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो।

यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पादनको मेला समेत सुरु भएको छ। असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्म हल पुनः सञ्चालनमा आउने सिटी सेन्टरले जनाएको छ।

चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल सञ्चालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ। यो योजना २४ कार्तिक २०७८ (छठ पर्व) सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तिमा जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ