arrow

जसपाको भागमा ४ मन्त्रालय, मन्त्रीको नाम बुधबार टुङ्गो लाग्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
upendra-yadav.jpg

काठमाडौँ । जनता समाजवादी पार्टीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा ४ वटा मन्त्रालय पाउने भएको छ ।  जसपाले  भौतिक पूर्वाधार,कृषि विकास, सङ्घीय मामिला तथा सामान्य तथा वन मन्त्रालय पाउने टुङ्गो लागेको जसपाका नेता राज किशोर यादवले बताए । उनका अनुसार जसपाबाट को को मन्त्री बन्छ भन्ने विषयमा बुधवारसम्म टुङ्गो लाग्छ । 

मन्त्री छान्न सबै अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको पनि राज किशोरले बताए । जसपाले बुधबार पार्टीको बैठक बोलाएको छ । मन्त्री छान्ने विषयमा मङ्गलवार संसदीय दलको बैठक बोलाइएको थियो ।

जसपामा २०जना प्रतिनिधि सभा र १ जना राष्ट्रिय सभाका सांसद छन् ती मध्ये अधिकांश सांसद मन्त्री हुन आकाङ्क्षी छन् । जसपाबाट मन्त्री हुन आकाङ्क्षीहरूमा ११ जना त यादव समुदायकै छन् ।

महन्थ ठाकुर पक्षबाट ७ जना सांसद कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर गएका छन् । कित्ता परिवर्तन गरेकाहरू मध्ये धेरैजसो मन्त्रीका आकाङ्क्षी छन् । ती मध्ये केहीले मन्त्रीको लागि लबिङ समेत गरेका छन् । 

पार्टीबाट कस कसलाई मन्त्री छान्ने भन्ने टुङ्गो लगाउन पार्टी अध्यक्ष यादवलाई निकै सकस परेको छ । अध्यक्ष निकट स्रोतका अनुसार  यादव उपप्रधानमन्त्री पद पाए आफू सरकारमा जाने, नपाए नजाने सोचमा छन् । 

यादव सरकारमा गएनन् भने सरकारमा पार्टीबाट कसले नेतृत्व गर्छ भन्ने विषयमा पनि पार्टीभित्र विवाद देखिएको छ । उपेन्द्र यादव सरकारमा गएनन् भने पार्टीबाट सरकारमा महेन्द्र यादव, रेणु यादव र राजेन्द्र श्रेष्ठले नेतृत्व गर्न चाहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ