arrow

सुधार हुँदै वीर अस्पताल, भ्रष्टको चलखेलले काममा वाधा पारिँदै  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
NAMS-bir-hospital.jpg

काठमाडौं । मेडिकल माफियाका नाइके डा. जागेश्वर गौतमको बहिर्गमनसँगै वीर अस्पताल पूर्णरुपले संचालनमा आएको छ । अहिले दैनिक दुई हजार भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् । 

त्यतिमात्र हैन कोरोना भाइरसको महामारीका बेलामा बिरामीलाई सहज बनाउनका लागि चौबीसै घण्टा पीसीआर परीक्षण हुँदै आएको छ । बिरामीहरुका अनुसार टिकट काट्ने व्यवस्था पहिलो भन्दा निकै सहज भएको छ । 

कोभिड अस्पतालमा दुई सय भन्दा बढी बिरामी उपचारतत रहेका छन् । जसमा एक सय बेड आईसीयू संचालनका लागि तीव्र रुपमा अगाडि बढाइएको छ । 

पाँच सय बेडको सर्जिकल भवन पूर्ण संचालनको तयारीमा रहेको छ । 

त्यस्तै सिटी स्क्यान, एमआरआई, प्याथोलोजी, इमर्जेन्सी सेवा चुस्त भइरहेको भन्दै कर्मचारीहरु गद्गद् छन् । एक कर्मचारीले भने, ‘पहिले त वीर अस्पतालमा काम गर्छु भन्दा पनि लाज लाग्ने भएको थियो अहिले अलि खुशी लाग्न थालेको छ ।’

उनले देशकै सबैभन्दा पुरानो अस्पतालले अझै पनि सबैको मन जित्न नसकेको भन्दै सरकारले धेरै सुधार गर्नुपर्ने बताएका छन् । 

कर्मचारीहरुको रोकिएको कोभिड भत्ता अहिले पाएका छन् । 

लामो समयदेखि नपाएको औषधि खरिद खर्च पनि पाइएको छ । 

कर्मचारीहरु समयमै तलब पाउने थालेपछि काममा पनि जाँगर आएको बताउँछन् । 

कर्मचारीलाई सेवा विस्तार भत्ता दिने तयारी भइरहेको भन्दै कर्मचारीहरु हौसिएका छन् । 

पूर्व सफल निर्देशक डा. भुपेन्द्र बस्नेत वीर अस्पतालको प्रमुख प्रशासनिक प्रमुखमा नियुक्त भएपछि फेरि उनलाई असफल बनाउने प्रयास भइरहेको भन्दै सतर्कता अपनाउन खोजिएको छ । 

बस्नेतलाई असफल पार्न डा जागेश्वर गौतमसँग मिलेर हालीमुहाली गर्न पल्केका केही भ्रष्ट कर्मचारीहरु लागिपरेको भन्दै सचेत हुनसमेत कर्तव्यनिष्ठ कर्मचारीहरुले बस्नेतलाई आग्रह गरेका छन् । 

भ्रष्टहरुले मेडिकल माफियामार्फत आफ्नौ प्रभाव  बढाउँदै  पुनः वीर अस्पताललाई असफल पार्ने षड्यन्त्र भइरहेको समेत बताइन्छ । 

विशेष गरी डा गौतमसँग सम्बन्ध बढाएर करोडौं कुम्ल्याएको आरोप मेडिकल स्टोरका टिकाराम पनेरु  र जनरल स्टोरका केही कर्मचारी तथा लेखा शाखा प्रमुख लोक बोहराको नाम अगाडि आएको छ । 

उनीहरु आफूलाई अख्तियार र स्वास्थ्य मन्त्रालय निकटका हौं भन्दै मेडिकल माफियालाई थर्काउने गरेको चर्चा पनि चलेको छ । 

उनीहरुले डा बस्नेतले गर्ने काममा समेत अवरोध गर्न खोजेको बताइन्छ । विगतमा लेखा शाखा प्रमुख बोहरा र डा जागेश्वर गौतमको मिलेमतोमा म्याक्सिकलाई २४ करोड रुपैयाँको अनियमित टेन्टर दिएका थिए । 

अस्पतालका कर्मचारीहरुले बोहराको सरुवा, मेडिकल स्टोरमाथि अनुगमन, वीरअस्प्तालबाट सरुवा भएका कर्मचारी रमाना लगायत माग राखी स्वास्थ्य सचिव र स्वास्थ्यमन्त्रीलाई निवेदन दिने तयारी गरेको एक कर्मचारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ