- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जसपाले आफ्नो दलबाट मन्त्री बन्नेहरुको नाम आज बुधबार नै टुंगो लगाउने भएको छ । त्यसका लागि जसपाको केन्द्रीय कार्यकरिणी समितिको बैठक बसिरहेको छ । जसपाले चार मन्त्री पाउने भएको छ ।
जसपालाइ दिने भनिएको मन्त्रालयमा एक मन्त्रालय घटेको छ । शीर्ष तहमा भएको सहमति अनुसार जसपालाइ उपसभामुख दिने गरि एक मन्त्री घटाइएको जसपाका एक नेताले जानकारी दिए ।
जसपालाइ मन्त्रीको संख्या कम भएपछि नाम तय गर्न हम्मेहम्मे परेको छ । जसपामा मन्त्रीका लागि बिबाद हुने देखिएको छ
जसपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि विकास मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने यसअघि नै सहमति भएको छ ।
मङ्गलवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औंपचारिक जानकारी गराएका थिए ।