arrow

चीनले नेपाललाई थप १० लाख डोज खोप अनुदानमा दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
umesh yanqi.jpg

काठमाडौँ । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले चीनले थप १० लाख खोप अनुदानमा दिने जानकारी दिएका हुन् ।

चिनियाँ राजदूत होउ यान्छी र राज्यमन्त्री श्रेष्ठबिच बुधवार मन्त्रालयमा भेटवार्ता भएको थियो । यस पटक चीनले सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोप अनुदानमा दिन लागेको हो ।

यसअघि चीनले भेरोसेल खोप अनुदानमा दिएको थियो । चीनले सुरुमा १६ लाख डोज खोप अनुदानमा दिइसकेको छ । चीनले अनुदानमा दिने घोषणा गरेको थप १६ लाख डोज भेरोसेल खोप अक्टोबर महिनाभित्र आउने बताइएको छ ।

यस क्रममा चीनले अनुदानमै थप १० लाख डोज सिनोभ्याक खोप उपलब्ध गराउने भएको हो ।

यस्तै चीनले कोरोना भाइरसको तेस्रो लहरविरुद्ध लड्न आवश्यक पूर्वाधार निर्माणका ५० लाख चिनियाँ युआन करिब ९ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको अनुदान पनि उपलब्ध गराउने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ