arrow

चुच्चे नक्सामा समेटिएको महाकाली पारीका गाउँमा जनगणना गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
nepal-map-limpiyadhura-lipu.gif

काठमाडौँ । अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । 

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बुधवार विज्ञप्ति जारी गर्दै चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरे । 

विज्ञप्तिमा भनिएको छ, “जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिवेक्षक पठाउन जोडदार माग गर्दछौँ ।” 

१२ औँ राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ