arrow

धौलागिरिको सफल आरोहण गरेकी पूर्णिमालाई सम्मान

logo
रासस,
प्रकाशित २०७८ असोज २० बुधबार
purnima-shrestha-dhaulagiri.jpg

गण्डकी । धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार सङ्घ, कास्कीले बुधवार सम्मान गरेको छ । संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् । कार्यक्रममा फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उँचो बनाएको बताए ।
    
आरोही श्रेष्ठले आर्थिक अभावबीच पनि आरोहण सफल भएको भन्दै खुशी व्यक्त गरिन् । दुई पटकको प्रयासमा धौलागिरि आरोहण गर्न सकेको बताउँदै उनले अब चाँडै नै कञ्चनजङ्घा आरोहण गर्ने योजना रहेको र त्यसपछि मकालु र ल्होत्से आरोहण गर्ने तयारी रहेको जानकारी दिइन् ।

आरोहणमा हेलीभन्दा पदयात्रामार्फत जाँदा स्थानीय ठाउँको प्रवद्र्धन हुने भएकाले प्रदेश सरकारले सो क्षेत्रमा पदयात्रामा बनाउन उनले सुझाव दिइन् । 

काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत उनले असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहण गरेकी थिइन्। उनको टिममा ४० जना थिए ।
    
गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि वैशाख ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेर कीर्तिमानी बनाएका थिए । पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । उनले यसअघि सगरमाथा, मनास्लु र आमादब्लम हिमालको आरोहण गरेकी छन् ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ